अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका पूर्वअध्यक्ष न्यौपाने र झापाका अध्यक्ष कार्की एमालेको केन्द्रीय सदस्यमा मनोनित

कोशीका पूर्वअध्यक्ष न्यौपाने र झापाका अध्यक्ष कार्की एमालेको केन्द्रीय सदस्यमा मनोनित


काठमाडौं-नेकपा एमालेले कोशीका पूर्व अध्यक्ष तुलसीप्रसाद न्यौपाने र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित  गरेको छ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बिदा भएकासहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरिएको महासचिव शंकर पोखरेलले बताउनुभयो।

एमालेका महासचिव शंकर पोखरेलले दिएको जानकारी अनुसार कोशीका पूर्वअध्यक्ष तुलसी न्यौपाने, बागमतीका केशव पाण्डे, कर्णालीका विनोद शाह, सुदुरपश्चिमका दामोदर भण्डारी र मधेशका रामअवतार यादव केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

बैठकले एमाले झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको छ।