काठमाडौँ–त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको सूचना रद्द गरिएको छ । आज सूचना जारी गर्दै गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना रद्द गरिएको हो ।
त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिसका गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रबार उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो ।
त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित दरखास्तको ब्यहोरा राखेर विज्ञापन खोलेपछि विरोध भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि समितिले प्रकाशन गरेको विज्ञापन रद्द गरिएको छ । अब प्रावधान सच्याएर नयाँ विज्ञापन खोलिने जनाइएको छ ।
प्रतिक्रिया