अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइराला नियुक्त

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइराला नियुक्त


विराटनगर-कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला नियुक्त हुनु भएको छ। कोइराला नेपाली कांग्रेसनिकट हुन् ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम कोइरालालाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

 नवनियुक्त मुख्य न्यायधिवक्तामा कोइरालाको आजै शपथग्रहण हुने बताइएको छ।

कोइराला यस अघि २०७८ चैत्रमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अवैतनिक कानुन विज्ञको रुपमा नियुक्त हुनु भएको थियो ।