अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन: बागमतीमा एमालेका चार उम्मेदवारले गरे मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचन: बागमतीमा एमालेका चार उम्मेदवारले गरे मनोनयन दर्ता


हेटौँडा-राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेश अन्तर्गत नेकपा एमालेले उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार बागमती प्रदेशको राजधानी हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेको तर्फबाट चार जना उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।

एमालेबाट महिला तर्फ रोजकुमारी चौलागाईं , अन्यमा त्रिलोचन निर्मल पौडेल, अपाङ्ग तर्फ विवेक देवकोटा तथा दलित तर्फ ध्रुवराज विकले उम्मेदवारी दर्ता गरेका हुन् ।

राष्ट्रिय सभाअन्तर्गत बागमती प्रदेशका चार सदस्यको पद आगामी फागुन २० गते सकिँदै छ। यस प्रदेशबाट एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको कार्यकाल सकिन लागेको हो।