अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतपुरमा बोराभित्र फेला परेका दुई शवको ४६ दिनपछि पहिचान खुल्यो

भरतपुरमा बोराभित्र फेला परेका दुई शवको ४६ दिनपछि पहिचान खुल्यो


काठमाडौँ-चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई शवको पहिचान खुलेको छ।

घटनाको ४६ दिन पछि मृतकहरूको पहिचान खुलेको हो। उनीहरु नाताले श्रीमान श्रीमती हुन्। घर भारत भई उनीहरू भरतपुरमा व्यापार गरी बस्दै आएका थिए । घटनाका पीडक भने भारतमै रहेको खुलेको छ।

पीडकले पहिला श्रीमान् र पछि श्रीमतीलाई सलले बाँधेर हत्या गरेको खुलेको छ। चितवन प्रहरीले पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकको कल्भर्ट मुनि बोरा भित्र बाँधिएको अवस्थामा गत मंसिर ६ गते एक पुरुष र महिलाको शव फेला परेको थियो ।

घटना पछि सिआइबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो । २ पटकसम्म मृतकको शव स्केच सार्वजनिक गरिएको थियो ।