अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा एमालेको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा एमालेको उम्मेदवारी दर्ता


काठमाडौं-राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट एमालेका तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।  माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन्।

साेमबार सुर्खेतकाे वीरेन्द्रनगरस्थित निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर महिला कोटाबाट हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका  डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।

उम्मेदवारी दर्ता गर्न जाँदा स्थायी कमिटी सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गुलाबग शाहदेखि प्रदेश स्तरिय सबै नेताहरु निर्वाचनको कार्यालयमा पुग्नु भएको थियो।