अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता


काठमाडौं-राष्ट्रियसभा सदस्य निर्वाचनको लागि नेकपा एमालेका दुई जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री ( जिसी) र दाङकी तुलसाकुमारी केसीले उम्मेदवारी दर्ता गराएका हुन्। 

झपेन्द्रको प्रस्तावक गिरिधारी लाल न्यौपाने र तुलसीप्रसाद चौधरी समर्थक रहेका छन् भने केसीको नरुलाल चौधरी प्रस्तावक र सीता शर्मा समर्थक रहेका छन्।

उम्मेदवारी दर्ता गर्दा राष्ट्रिय सभा पूर्वसदस्य कोमल वलीलगायतका एमालेका नेताहरू पनि निर्वाचन कार्यालयमा पुग्नुभएको थियो।