अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन: मधेश प्रदेशमा एमालेबाट विजेता झा र उसा थरुनीद्वारा मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचन: मधेश प्रदेशमा एमालेबाट विजेता झा र उसा थरुनीद्वारा मनोनयन दर्ता


जनकपुरधाम-राष्ट्रिय सभा सदस्यका लागि मधेश प्रदेशबाट नेकपा एमालेका उम्मेवारले मनोनयन दर्ता गरेका छन्।

एमालेबाट अन्य तर्फ विजेता झा र महिलाकोतर्फ उषा देवी थरुनीले मनोनयन दर्ता गराएका हुन्।

मधेश प्रदेशमा रिक्त अन्य र महिलातर्फको रिक्त पदका लागि एमालेले दुवै महिलाले मनोनयन दर्ता गराउनु भएको हो।

एमालेले अन्यतर्फ अर्जुन सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, सिंह उम्मेदवारी दर्ता गराउन आउँदा मतदाता नामावलीमा नाम नभेटिएपछि उहाँको उम्मेदवारी दर्ता हुन सकेन । उहाँको स्थानमा एमालेले विजेता झालाई उम्मेदवार बनाएको हो।

मनोनयन दर्ता गराएको झा धनुषाकी हुन् भने थरुनी पर्साकी हुन् ।