अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बक्यौता महसुल किस्तामा बुझाउन आवेदन दिन प्राधिकरणको आग्रह 

बक्यौता महसुल किस्तामा बुझाउन आवेदन दिन प्राधिकरणको आग्रह 


काठमाडौँ–नेपाल विद्युत् प्राधिकरणले बक्यौता विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउनका लागि निवेदन दिन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले  किस्तामा बक्यौता महसुल बुझाउन चाहने उद्योग तथा कम्पनीहरूलाई एक महिनाभित्र निवेदन दिन आग्रह गरेको हो ।  

पुस १६ गतेको प्राधिकरणको बैठकले विद्युत् सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेकाका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो ।

सो निर्णयअनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत् सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिनेछ । 

सूचनामा भनिएको छ, “प्राधिकरणका विभिन्न संरचनाहरूबाट विद्युत् सेवा प्राप्त गरेका उपभोक्ताहरूसँग विगतदेखि रहेको बक्यौता विद्युत् महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको हुँदा यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिनुहुन आग्रह छ ।” 

समयमै विद्युत् महसुल नबुझाउने उद्योगको लाइन प्राधिकरणले काट्दै आएको छ ।