अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महोत्तरीमा मोटरसाइकल आपसमा ठोकिए : दुई जनाको मृत्यु, दुई घाइते 

महोत्तरीमा मोटरसाइकल आपसमा ठोकिए : दुई जनाको मृत्यु, दुई घाइते 


काठमाडौँ–महोत्तरीमा दुई वटा मोटरसाइकल आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

महोत्तरी प्रहरीका अनुसार बर्दिबास–औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालय नजिक हिजो राति ९ बजे प्रदेश २–०२–००४ प १८४० र ज११प ८०९९ नम्बरका मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुबैजनालाई बर्दिबासको शुभस्वस्तिक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गर्नुभएको हो । 

दुर्घटनामा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय विरेन्द्र गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । उनीहरुको उपचार जारी छ ।