काठमाडौँ-जर्मनीका फुटबलर फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । विश्व फुटबलका महान खेलाडीमध्ये एक बेकेनबाउरले खेलाडी र प्रशिक्षकको दुवै भूमिकामा फिफा विश्वकप जितेका छन् ।
फुटबल इतिहासमा यो उपलब्धि हासिल गर्ने उनी तीन व्यक्तिमध्ये एक हुन् । उनले सन् १९७४ मा पश्चिम जर्मनीको कप्तानको रूपमा र १९९० मा प्रशिक्षकको रूपमा विश्वकप जितेका थिए ।
बेकेनबाउरले सन् १९६६ को विश्वकपमा २० वर्षको उमेरमा चार गोल गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधि समेत पाएका थिए । उनले फिफा विश्वकप, युरोपियन कप तथा सन् १९७२ र १९७६ मा दुई बालोन डिसमेत जितेका छन् । बेकेनबाउरले जर्मन क्लब बायर्न म्युनिखका लागि सन् १९७४ देखि १९७६ सम्म लगातार तीन वटा युरोपियन कप जितेका थिए ।
प्रतिक्रिया