अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तराईको हुस्सु अपराह्नपछि सुधार हुने, यातायातमा प्रभाव पर्ने सम्भावना 

तराईको हुस्सु अपराह्नपछि सुधार हुने, यातायातमा प्रभाव पर्ने सम्भावना 


काठमाडौँ–गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । 

आज तराई भू–भागका केही स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेको छ । हुस्सु/कुहिरो अपराह्न सम्ममा क्रमिक रुपमा सुधार हुँदै जान सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसले दैनिक जनजीवन र स्वास्थ्यमा समेत प्रभाव पार्ने विभागले जनाएको छ ।

यस्तै विभागका अनुसार यातायात तथा हवाई यातायातमा प्रभाव पर्नेछ । चिसोबाट  बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।