अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीको सभामुखमा अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित

कोशीको सभामुखमा अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित


विराटनगर-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेश सभाको सभामुख चयन हुनु भएको छ।  

मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले बिष्ट निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो।

सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेको थियो।

प्रदेशसभा बैठकमा विष्टकाे एकल उम्मेदवारी परेकाे भन्दै उपसभामुख दनुवारले निर्विरोध निर्वाचित गरेकाे घाेषणा गर्नुभयो।

राप्रपाले समानुपातिक सांसद बिष्टलाई सभामुख बनाएको हो ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि प्रदेशमा लामो सयम सभामुख पद रिक्त थियो ।