अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशका सभामुख विष्टद्वारा शपथ

कोशी प्रदेशका सभामुख विष्टद्वारा शपथ


विराटनगर कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले पद तथा गोपनियताको शपथ लिनु भएको छ।

मंगलबार सभामुख निर्वाचित भएका विष्टले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको हो।

कोशी प्रदेशसभाको आज बसेको बैठकबाट उहाँ सर्वसम्मत निर्वाचित हुनु भएको थियो । गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो।

आज दिउँसो ३:३५ मा बसेको प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको थियो। राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्ति प्रसाद सिटौला तथा समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेश गरेका थिए।

सभामुख निर्वाचनका लागी बिष्टको एकल उम्मेदवारी परेको भन्दै उप सभामुख सृजना दनुवारले बिष्ट निर्विरोध निर्वाचित भएको प्रदेशसभा बैठकमा जानकारी गराउनु भएको थियो।