अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : तराईमा हुस्सु, बाँकी भू–भागमा कस्तो छ ?

आजको मौसम : तराईमा हुस्सु, बाँकी भू–भागमा कस्तो छ ?


काठमाडौँ–हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू–भागहरुमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

आज दिउँसो कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।