अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु 

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु 


काठमाडौँ–कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिकामा हिजो साँझ मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसराको मृत्यु भएको छ । 

उनीहरू सवार भे१३प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।