काठमाडौँ–नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेल गतिविधिबाट निलम्बन गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दले आज एक विज्ञप्ति जारी गर्दै लामिछानेलाई अदालतले बलात्कार मुद्दामा
दोषी ठहर्याउँदै जेल सजाय तोकिएकाले निलम्बन गरिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०८० पौष १३ को फैसला र मिति २०८० पौष २५ गतेको कसुर ठहर आदेश बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौ ।’
जिल्ला अदालत काठमाडौँले सन्दीपलाई पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो भने हिजो उनलाई ८ वर्ष कैदसहित ५ लाख जरिवाना र क्षतिपूर्तिको आदेश सुनाएको छ ।
यसअघि सन्दीपले क्यानलाई पत्राचार गरेर माथिल्लो अदालतबाट सफाइ नपाएसम्म क्रिकेटबाट अलग रहने स्वघोषणा गर्नुभएको थियो ।
प्रतिक्रिया