अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाचार लेखेकै आधारमा पत्रकारमाथि निर्मम आक्रमण

समाचार लेखेकै आधारमा पत्रकारमाथि निर्मम आक्रमण


रौतहटसमाचार लेखेको विषयलाई लिएर रौतहटमा एक पत्रकारलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ।

रौतहटको कटहरिया नगरपालिका वडा-९ मा बनाइएको सार्वजनिक प्रतिक्षालयलाई निजी प्रयोजनको निम्ति प्रयोश गरिएको विषयमा समाचार लेखेको भन्दै पत्रकार अशोक यादवलाई कुटपिट गरिएको हो।

पत्रकार यादवलाई प्रतिक्षालय निजी प्रयोजनको जि.नम्ति प्रयोग गर्दै आएका स्थानीय पिपरा पोखरियाका जीतेन्द्र यादव, सिकिन्द्र यादव, छोटेलाल राय, प्रिन्स जयसवाल र समुन्द्र बिक्रम शाहले मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । पत्रकार साह मोटरसाइकलमा सवार रहेको बेला बाटो छेकेर कुटपिट गरिएको हो ।

यसैबीच प्रेस चौतारी रौतहटले बिज्ञप्ति जारी गरी पत्रकार साहलाई कुटपिट गर्ने अपराधीलाई कडा कार्वाहीको माग गरेको छ। प्रेस चौतारी रौतटहका सचिव मनोजकुमार साहले आज बिज्ञिप्तीमार्फत पत्रकार कुटने अपराधीलाई पक्राउ गरी कडा कार्वाहीको माग गर्नुभएको हो।