काठमाडौँ-बलात्कार आरोपमा ‘तपस्वी’ रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले थुनामा पठाउन आदेश दिएको छ।
मंगलबार राति काठमाडौँबाट पक्राउ परेका बम्जनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। जिल्ला अदालत सर्लाहीमा बिहीबार नै बम्जनको बयान लिइएको थियो।
बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो।
बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जन विरुद्ध प्रहरीमा उजुरी गरेकी हुन्। २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुर्व्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो।
प्रतिक्रिया