काठमाडौँ–नेपालले आईसीसी यू–१९ विश्वकपअघि दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले पराजित गरेको छ । दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको यो लगातार दोस्रो जित हो ।
जितको लागि १ सय ४२ रनको लक्ष्य पछ्याएको नामिबिया २९।५ ओभरमा १ सय ३५ रनमा अल आउट भयो ।
नामिबियाका लागि एक बसिङ–भोलसेन्कले सर्वाधिक ५० रनको अर्थसतकीय इनिङ खेले ।
यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । नेपालका लागि दीपक डुम्रेले सर्वाधिक ३२ रन बनाए ।
यस्तै ओपनर अर्जुन कुमाल १, विपिन रावल २०, देव खनाल डक, गुलशन झा ३, दिपक बोहरा ५, उत्तम थापा मगर १२, आकाश त्रिपाठी २१, विशाल विक्रम केसी १४ र दिपक बोहरा १५ रनमा आउट भए ।
प्रतिक्रिया