अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भालुवाङ बस दुर्घटना प्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

भालुवाङ बस दुर्घटना प्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाङमा भएको बस दुर्घटनाको घटना प्रति दुःख व्यक्त गर्नुभएको छ। 

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जना यात्रुको ज्यान गएको घटना प्रति अध्यक्ष ओलीले दुःख व्यक्त गर्नुभएको हो। 

दुर्घटनाको खबरले आफूलाई दुःखी बनाएको अध्यक्ष ओलीले बताउनु भएको छ। अध्यक्ष ओली सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ, ‘सडक दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछु, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। परिवारजनमा पीडा सहने शक्ति प्राप्त होओस्, सवारी दुर्घटना रोक्न सबैले सडक अनुशासनको कडाइका साथ पालना गरौँ ।’

शुक्रबार राति नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक बस राति साढे १० बजेतिर दाङको राप्ती गाउँपालिका-१ भालुवाङस्थित राप्ती पुलबाट राप्ती नदीमा खस्दा १२ जनाको ज्यान जानुको साथै २३ जना घाइते भएका थिए।   

a; b”3{6gf M bfª, @* k’; M k”j{ klZrd /fhfdfu{ cGt/ut bfªsf] /fKtL ufpFkflnsf ! efn’jfªl:yt /fKtL gbLsf] k”naf6 clgolGqt eP/ uP/ftL gbLdf v;]sf] e]!v #(!@ g+sf] a; . b”3{6gfdf !@ hgfsf] d[To’ ePsf] 5 eg] cGo @# hgf 3fOt] ePsf 5g\ . a; g]kfnuGhaf6 sf7df8f}F hfFb} u/]sf] lyof] . tl:a/M s’nbLk Gof}kfg]÷/f;;