अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थानकोट-चित्लाङ सडकमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु

थानकोट-चित्लाङ सडकमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु


काठमाडौं-काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा आज दिउँसो भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

काठमाडौंबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा काठमाडौंको मैतिदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी र काठमाडौँको लाजिम्पाट बस्ने डा. महेशकुमार गौतम र सोही ठाउँमा ४ वर्षीय प्रियान्स गौतमको मृत्यु भएको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुङ्गेलले जानकारी दिनुभयो।

प्रहरीका अनुसार भ्यानमा ६ जना सवारमध्ये चार जनाको घटनास्थलमा नै मृत्यु भएको र दुई जना घाइतेलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ । दुर्घटनामा ६ वर्षीया स्मारिका गौतम र उहाँकी आमा डा. सृष्टि तिवारी घाइते हुनुभएको छ।