अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मध्यपहाडी यात्रा फलोअप

मध्यपहाडका नेताहरु भन्छन् – एमाले हाम्रो साथमा रहेछ भनेर जनतामा आशा पलाएको छ

मध्यपहाडका नेताहरु भन्छन् – एमाले हाम्रो साथमा रहेछ भनेर जनतामा आशा पलाएको छ


काठमाडौँ–नेकपा एमालेले १९ दिन मध्य पहाडी लोकमार्गको यात्रा गर्‍यो । एमालेले मंसिर १४ देखि पुस २ गतेसम्म मध्य पहाडी राजमार्गको झुलाघाटबाट चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा सञ्चालन गरेको थियो ।

यात्रामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरु खटिनु भएको थियो । मध्य पहाडी लोकमार्ग यात्राले पहाडी भू–भागको समृद्धिको आधार तय भएको एमाले नेताहरु बताउनुहुन्छ । विकासबाट टाढा रहेका त्यस क्षेत्रका जनतामा मध्य पहाडी लोक मार्गले आशा देखाएको थियो ।  एमालेको मध्य पहाडी यात्राले झनै उत्साह थपिएको नेताहरु बताउनुहुन्छ ।

शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यक पूर्ति गर्न नसकिएका पहाडका जनतामा एमालेले केही आशा जगाएको नेताहरुको भनाइ छ । यात्राले पहाडमा पनि समृद्धि आउने भन्दै जनतामा खुसीयाली छाएको एमाले नेताहरुले बताएका छन् । उनीहरुले मध्य पहाडी यात्राले जनतामा आशाका किरण छाएको बताएका हुन् ।

यस्तै मध्य पहाडी यात्रापछि पुष्पलाल लोकमार्गमा पनि चहलपहल बढेको नेताहरुले बताउँछन् ।

मध्य पहाडी यात्रापछि जनता एमालेप्रति आकर्षण हुनुका साथै अन्य पार्टीका नेता तथा कार्यकर्ता पनि एमालेमा प्रवेश गर्नेको संख्या बढेको उनीहरुको भनाइ छ ।

एमालेले यात्राको सुरुवात गरेको बैतडी जिल्ला इन्चार्ज निरु पालले जनताका लागि जनतासँग प्रत्यक्ष सरोकार राख्ने पार्टी एमाले मात्रै रहेछ भन्ने जनताहरुको महसुष गरेको बताउनुभयो । उहाँले आफूहरुको पिडा मार्का बुझ्ने पार्टी एमाले मात्रै रहेको जनताले बताउने गरेको बताउनुभयो ।
इन्चार्ज पालले एमालेको यात्रापछि मध्य पहाडी लोकमार्गमा चहलपहल बढेको बताउनुभयो । उहाँले भन्नुभयो,’पार्टी प्रवेश गर्नेहरु हामी छन् । एमालेमा आउँछौ भनेर कांग्रेस माओवादी लगायतका पार्टीबाट छाडेर एमालेमा आउँछौँ भनेर उत्साहजनक छ । बैतडीमा त हामीले समाजवादीको अध्यक्ष, केन्द्रीय सदस्य लगभग सबै प्रवेश गराइ नै सकेका थियौँ । अरु पार्टीका पनि बैतडीमा कांग्रेसको ठूलो हिसा आउने तयारीमा छ ।’
इन्चार्ज पालले मध्यपहाडका २६ जिल्लामा अब जे गर्छ एमालेले मात्रै गर्छ भन्ने जनमानसमा परेको बताउनुभयो ।
यस्तै एमालेको मध्य पहाडी लोकमार्ग यात्राले त्यो क्षेत्रको विभिन्न सम्भावनाहरुको उजागर गरेको छ । संकल्प यात्राले पहाडमा बस्ने जनतालाई पहाडको समृद्धि सम्भावना छ भन्ने बनाएको नेताहरु बताउछन्।
एमाले बागलुङ् अध्यक्ष हिरा केसीले संकल्प यात्रालेपहाडमै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । पहाडमा उद्योग तथा उत्पादन गर्न सम्भावना छ । मध्य पहाडी राजमार्गले सिर्जना गरेका सम्भावनालाई समृद्धिमा रुपान्तरण गर्नुपर्छ भन्ने कुरामा सबै जनतालाई झकझकाइएको बताउनुभयो । उहाँले भन्नुभयो,’यसले राम्रो प्रभाव गरेको छ । पहाडका चुनौती र सम्भावनाका बिचमा जनतामा छलफल गर्ने, बहस गर्ने जनताको बिचबाटै सम्भावनालाई व्यवस्थित गर्ने, अगाडि बढाउने कुरामा यो अभियानले उत्साहित बनाएको छ । चौतर्फी सकारात्मक सन्देश गएको छ ।’
नेता केसीले मध्य पहाडी यात्राले एमालेलाई पनि फाइदा गरेको बताउनुभयो । उहाँले यात्राले सम्पूर्ण पार्टीको पंक्ति, शुभचिन्तकमा उत्साह पैदा गराएको बताउनुभयो । पार्टीप्रति जनपरिचालन, क्रियाशीलताले गर्दा पार्टीमा नयाँ रक्तसञ्चार सिर्जना गरेको उहाँको भनाइ छ । पार्टीभन्दा बाहिर रहेको जनमतलाई पनि पार्टीतिर आकषर्ण गरेको उहाँले बताउनुभयो ।
मध्य पहाडी यात्रापछि आम नागरिकको प्रतिक्रिया सकारात्मक रहेको एमाले केन्द्रिय सदस्य वसन्त नेम्वाङ बताउनुहुन्छ । एमाले नेता वसन्त नेम्वाङले पार्टीले जनता, समुदायको बिचमा जानुपर्ने धारण राख्नुभयो । मध्यपहाडी यात्रा पार्टीलाई जनतासँग एकता गरे लैजाने कार्यक्रम भएको बताउनुभयो । उहाँले एमालेको सरकार हुँदा मध्यपहाडका जनतालाई सोही ठाउँमा अ्ड्याउन पुष्पलाल लोगमार्गको अवधारण ल्याएको बताउनुभयो । उहाँले पहाडका जनताको जीविकोपार्जन, भौतिक विकास, शिक्षा, स्वास्थ्यमा पहुँच पुर्‍याउन मध्य पहाडी लोकमार्गको निर्माण गरिएको र अहिले त्यसबारे बुझ्न यात्रा गरिएको बताउनुभयो ।
नेता नेम्वाङले पहाडबाट तराइमा बसाइसराइ सर्ने समस्याको समाधान गर्न मध्य पहाडी लोगमार्ग निर्माण गरिएपनि त्यसको समाधान हुन नसकेको उहाँले बताउनुभयो । उहाँले एमालेको यात्रापछि बसाइसराइ रोकिने विश्वास व्यक्त गर्नुभयो ।
नेता नेम्वाङले यात्राका क्रममा जनताले उठाएका मागहरुको समीक्षा भइरहेको जानकारी दिनुभयो । उहाँले जनताका मागलाई राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताले उठाएका माग सम्बोधन गर्नुपर्छ । यी समस्यालाई निराकरण गर्नुपर्छ । जनताहरुको आयवृद्धि, उत्पादनमा समेत वृद्धि गर्नुपर्छ । यी कुरा नीतिगत रुपमा सुधार गर्नुपर्छ । अहिले हामी प्रतिपक्षमा छौँ, अब हामी सत्तामा आउँदा सम्बोधन गर्छौँ । अहिले उठाउने कुरा हुन् ।’
यात्रापछि एमालेले केही नयाँ योजना ल्याउने पहाडका जनताले विश्वास गर्नुभएको छ ।
एमाले रुकुमपश्चिमका अध्यक्ष नन्दराम देवकोटाले भन्नुभयो, ‘एमाले केही नयाँ योजना ल्याउँछ, पहाडको समृद्धिका लागि नयाँ योजना ल्याउँछ र त्यसले हामीलाई पनि प्रभाव पार्छ भन्ने खालको जनताको बुझाइ छ । सयौँ ज्ञापनपत्र बुझियो, त्यसलाई अध्ययन गरेर के छन् जनताका आवश्यकता पहाडी भू–भागमा जनताका आवश्यक के हुन् । त्यस अनुसार एमालेले केही गर्छ भन्ने जनताले विश्वास गरेका छन् ।’
देवकोटाले जनताका माग अनुसार पार्टीले नयाँ योजना बनाएर पहाडलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताउनुभयो । पहाडको विकासका लागि पार्टीले केही गर्छ भन्ने आफूहरुको विश्वास रहेको उहाँले बताउनुभयो ।
एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले यात्रामा मध्य पहाडी लोकमार्ग भित्र कृषि, पर्यटन, जलविद्युतको क्षेत्रमा, खेलखुदको क्षेत्रमा अन्य विकास निर्माणमा के गर्न सकिन्छ भन्ने कुराको अध्ययन भएको बताउनुभयो । यात्राका क्रममा नमिलेको ठाउँमा बाटो मिलाउनुपर्ने जनताको सुझाव आएको बताउनुभयो ।
अध्यक्ष ढुंगेलले मध्य पहाडी यात्राले एमालेको पक्षमा जनता छैन भन्ने टिप्पणीको खण्डन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,’एमालेको गतिविधिमा सहभागी हुन हजारौँ जनता सामेल भए । पुराना पार्टीले काम गर्दैनन् भन्ने होइन एमाले नै चाहिन्छ भने अवस्था देखा परेको छ । यो क्षेत्रमा के गर्न सकिन्छ भनेर हामीले तयारी गरेका छौ । जिल्ला र प्रदेशको वार्षिक योजना भित्र राष्ट्रिय योजनाका विकाससँग प्रभाव पर्ने गरी हामीले कार्ययोजना बनाइरहेका छौँ ।’
अध्यक्ष ढुंगेलले जनताले आफ्ना माग एमालेसँग मात्र राख्ने गरेको बताउनुभयो । जनताले एमालेले आफ्ना माग सम्बोधन गर्छ भन्ने थाहा भएर एमालेसँग मात्रै माग राख्ने गरेको उहाँले बताउनुभयो । कार्यान्वयन गर्ने ठाउँमा एमाले छैन भन्ने जनतालाई थाहा छ भन्दै उहाँले कार्यान्वयन गर्ने ठाउँमा पुगेपछि जनताका माग सम्बोधन हुने बताउनुभयो । उहाँले भन्नुभयो,’जनताले उठाएका हरेक मुद्दालाई लिपीबवद्ध गरेर योजनाका रुपमा बनाएका छौँ र सरकारमा हुँदा त्यसलाई पुरा गछौँ, नहुँदा सरकार, संघ संस्थालाई, सरकारी अंगलाई दबाब दिन्छौँ । आफ्नो निकायमा भन्छौँ र ती कुरालाई पुरा गरेर छाड्छौँ भन्ने हाम्रो प्रतिबद्धता हो ।’