अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचनापछि गोताखोरको टोलीले खोज्दै

त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचनापछि गोताखोरको टोलीले खोज्दै


काठमाडौँ– त्रिशूली नदीमा गाडी खसेको सूचनापछि गोताखोरको टोली परिचालन गरिएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको  मुग्लिन प्रहरीले जनाएको हो । 

स्थानीयले बिहान ४ बजेतिर त्रिशूली नदीमा गाडी खसेको सूचना दिएपछि अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उक्त गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने केही खुलेको छैन ।

नदी किनारमा एउटा फलामको टुक्रा र भारतीय नम्बर प्लेट भेटिएको छ । तर त्यो अहिलेको हो वा पुरानो हो भन्ने पनि खुलेको छैन ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय  कुरिनटारबाट इन्स्पेक्टरको कमान्डमा ७ जना गोताखोर सहित १० जना र नम्बर १७ गण चितवनबाट इन्स्पेक्टरको  कमान्डमा १३ जनाको फौज  बिहान ७ बजेबाट खोजी कार्यमा जुटेको प्रहरीले जानकारी दिएको छ ।