अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिशूलीमा खसेको जीप भेटियो, मान्छे र सामान भेटिएनन् 

त्रिशूलीमा खसेको जीप भेटियो, मान्छे र सामान भेटिएनन् 


काठमाडौँ–त्रिशूलीमा खसेको जीप भेटिएको छ । केहीबेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको हो । 

उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले बताउनुभयो । 

त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको थियो । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।

आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिनुभयो । जीप सडकबाट करिब ८५ मिटर तल खसेको थियो । 

त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको थियो । स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको हो । 

गाडीभित्र मान्छे र सामान पनि केही नभएको अवस्थामा भेटिएको नायव उपरीक्षक भण्डारीले बताउनुभयो । 

मानिसको खोजी तथा गाडी बाहिर निकाल्ने काम भइरहेको उहाँले बताउनुभयो ।