अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यायाधीश गिरीकी पत्नी आरती प्रहरी नियन्त्रणमा 

न्यायाधीश गिरीकी पत्नी आरती प्रहरी नियन्त्रणमा 


काठमाडौँ–सर्वोच्च अदालतका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । आज सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा उहाँलाई गेटबाटै नियन्त्रणमा लिइएको हो । 

गएको शुक्रबार गिरीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गर्नुभएको थियो । त्यति बेला पनि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएर छाडेको थियो ।

रावलले गिरीमाथि यौन शोषणको आरोप लगाउँदै प्रहरीमा उजुरी दिनुभएको थियो । उहाँहरूबिचको मुद्दा अदालती प्रक्रियामा छ ।