अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीमा मनोनीत ६ जना सदस्यले यसरी लिए शपथ (फोटो फिचर)

एमाले केन्द्रीय कमिटीमा मनोनीत ६ जना सदस्यले यसरी लिए शपथ (फोटो फिचर)


काठमाडौं-नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यमा मनोनीति ६ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आज नयाँ केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गर्नुभएको हो।

मनोनीत हुनेमा कोशी प्रदेशका पूर्व अध्यक्ष तुलसी न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, कर्णालीका बिनोद शाह र सुदुरपश्चिम प्रदेशका दामोदर भण्डारी हुनुहुन्छ ।

यस्तै झापा अध्यक्ष दिपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरिएको छ । एमाले केन्द्रीय कार्यालयमा आज उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।