अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पनि घट्यो सुनचाँदीको मूल्य 

आज पनि घट्यो सुनचाँदीको मूल्य 


काठमाडौँ–नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा १ हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।