अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनवल नगरपालिका स्वमुल्याङकनमा जिल्लामै उत्कृष्ट 

सुनवल नगरपालिका स्वमुल्याङकनमा जिल्लामै उत्कृष्ट 


काठमाडौँ–नवलपरासीको सुनवल नगरपालिका जिल्लाको उत्कृष्ट नगरपालिका भएको छ । नगरपालिकाले निर्धारण गरेको लक्ष्यअनुसार प्रगती हासिल गरेपछि उत्कृष्ट नगरपालिका भएको हो । नगरले निर्धारण गरेको वार्षिक लक्ष्यमा ९८ प्रतिशत भौतिक प्रगति र ९५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो ।  

सुनवलकी मेयर विमला अर्यालले नगरपालिका जिल्लामै सबैभन्दा पहिला स्वमुल्याङकनको नतिजा सार्वजनिक गर्न सफल भएको बताउनुभयो ।

मेयर अर्यालले विवादका बिच पनि ५३ प्रतिशत भौतिक प्रगतिबाट नगरपालिकाले ९८ प्रतिशतमा पुर्‍याएको बताउनुभयो । आफू निरन्तर क्रियाशील भएर काम गरिरहेको भन्दै उहाँले काम नगर्ने केही व्यक्तिले अवरोध गरिरहेको बताउनुभयो । आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्ने र विकासका सवालमा नरोकिने भएकाले जनताको साथ सहयोग पाइराखेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो,’सुनवल नगरवासीले सुम्पनु भएको नगर प्रमुखको जिम्मेवारी सम्हाल्ने क्रममा शुरुवातदेखिनै गत आर्थिक वर्षमा मैले व्यहोर्न परेका पिडाहरु, असहयोग, विवाद र अवरोधका बिचबाट नगरले निर्धारण गरेको वार्षिक लक्ष्यमा ९८ प्रतिशत भौतिक प्रगति र ९५ प्रतिशत वित्तीय प्रगति हासिल गर्दै वार्षिक बजेट, कार्यक्रम, सेवा प्रवाह, सुशासन र भौतिक निर्माण लगायतमा विगतमा न्यून अंकमा सीमित LISA (स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकन)लाई ८६ प्रतिशतमा पुर्‍याएर जिल्लामै सबैभन्दा पहिला स्वमुल्याङकनको नतिजा सार्वजनिक गर्न सफल भएका छौँ । थुप्रै अपमान र अवरोधका बिचबाट यो नतिजा प्राप्तिका लागि खट्ने कर्मचारीहरु, माननीय ज्यूहरु, जिल्ला समन्वय प्रमुख, सहकर्मी नगरका जनप्रतिनिधिहरु, सहयोग र समन्वय गर्ने पूर्व जनप्रतिनिधि, राजनीतिक दलका मित्रहरु, जिल्ला, प्रदेश र केन्द्रस्थित कार्यालय प्रमुखहरु, सञ्चारकर्मी र समस्त नगरवासीहरुमा धन्यवाद ज्ञापन गर्दछु ।’

मेयर अर्यालले नगरपालिकामा काम गरिरहँदा समय–समयमा विवाद भइरहने बताउनुभयो । उहाँले भन्नुभयो,’सामान्य विवाद भइराख्छ । महिलाहरुलाई चुनौती छन् । काम गरिएको छ । कहिलेकाहीँ विवाद हुन्छ । समय समयमा कुनै कुनै विषयमा विवाद हुन्छ । कार्यपालिकाबाट सहयोग छ । केही व्यक्तिको फरक मत रहनु स्वाभाविकै हो । काम गर्ने सवालमा महिलाहरुलाई चुनौती नै छ ।’  विकास निर्माणको सवालमा एक ठाउँमा आएर सहमति जनाउनुपर्छ ।