काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पर्वतको फलेबासको एक विद्यालयका कानुन शंकायका विद्यार्थी बालकोट पुगेका छन् ।
त्यहाँको लिमीठाना माविमा कक्षा ११ र १२ मा कानुन पढ्ने यि विद्यार्थीहरुले अध्यक्ष ओलीलाई आफूहरु भविष्यमा न्यायधिस बन्ने योजना रहेको सुनाएका थिए । अध्यक्ष ओलीले विद्यार्थीहरुसँग बालकोटको बार्दलीमा भेटेको तस्विर शेयर गर्दै उनीहरुले सर्वोच्च अदालत हेर्न जाने इच्छा गरेको उल्लेख गर्नुभएको छ । अध्यक्ष ओली निवासमा उनीहरुलाई माघे संक्रान्तीमा बनाएको लड्डुले स्वागत गरिएको थियो ।






प्रतिक्रिया