अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिवर्ष श्रम बजारमा प्रवेश गर्ने तीन चौथाइ युवायुवतीको प्रमुख आकर्षण वैदेशिक रोजगारी

प्रतिवर्ष श्रम बजारमा प्रवेश गर्ने तीन चौथाइ युवायुवतीको प्रमुख आकर्षण वैदेशिक रोजगारी


काठमाडौं-प्रतिवर्ष श्रम बजारमा प्रवेश गर्ने तीन चौथाइ युवायुवतीको प्रमुख आकर्षण वैदेशिक रोजगारी बनेको पाइएको छ ।
नेपाल बुद्धिजीवी परिषदद्वारा सञ्चालित साप्ताहिक बहस श्रृंखलाको गत हप्ताको अंकमा डा. राजेन्द्र चापागाईँले नेपालको वैदेशिक रोजगार ः प्रभाव र असर सम्बन्धी गर्नुभएको प्रष्तुतीले यस्तो अवस्था देखाएको हो ।
यस्तै अध्ययनले रोजगार, आर्थिक अवसर, गरिबी निवारण, विप्रेषण र राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदानको दृष्टिले वैदेशिक रोजगार नेपालमा महत्त्वपूर्ण रहेको डा.चापागाँईको निष्कर्ष छ । नेपालमा रोजगारको अवसर नहुँदा उच्च दक्षता भएका र प्रतिभावान युवा पनि बिदेसिने गरेको उहाँको निष्कर्ष थियो । प्रष्तुतीमा वैदेशिक रोजगारीले बेरोजगारीमा कमी ल्याउन र गरिबी घटाउन सहयोग गरेपनि यसलाई बिस्तारै घटाउँदै लग्नुपर्ने उल्लेख गरेको छ ।


चापागाईंको प्रष्तुतीमा वैदेशिक रोजगारीको अन्त्य गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरी रोजगारीका क्षेत्रहरूको विस्तार गर्ने, कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरण गर्ने, उद्योग, व्यापार, पर्यटन, निर्माण आदि क्षेत्रको प्रवर्द्धन गर्ने, उद्यमशीलता तथा स्वरोजगारता प्रवर्द्धनका कार्यक्रमहरूलाई स्थानीय स्तरसम्म वितरण गर्ने र जनशक्तिलाई परिचालन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
बुद्धिजीवी परिषदका महासचिव इ.गजेन्द्र थपलिायका अनुसार परिषदले हरेक हप्ता यस्तो समसामयिक विषयमा बौद्धिक बहस आयोजना गर्ने गरेको छ । यस्तो बहसमा एकजना विज्ञले कार्यपत्र प्रष्तुत गर्ने र अन्य सहभागीले त्यसमा छलफल गर्ने गरिएको छ ।