दक्षिण कोरिया-नेपाल मगर संघ दक्षिण कोरियाद्वारा आयोजित नेपाल मगर संघ थेगु शाखाको प्रमुख व्यवस्थापनमा मगरहरुको महान पर्व माघे सकराटी, मगर माैलिक सांस्कृतीक कार्यक्रम भव्यताका साथ यही जनवरी १४ तारिक थेगुमा सम्पन्न गरेको छ।
मगर संस्कृती र कलाकाे जगेर्ना गर्ने, भाषा, भेषभुषाकाे संरक्षण, सम्बर्धन गर्ने उद्देश्यले कार्यक्रम आयाेजना गरिएकाे नेपाल मगर संघ कोरिया थेगु शाखाका संचार विभाग प्रमुख, अनिल लामिछाने मगरले जानकारी दिनुभयो।
थेगुस्थित मेल गार्डेन हलमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ थेगु शाखालाई जिम्मा दिएको संक्रान्ति कार्यक्रममा नेपाल मगर संघ केन्द्र, किम्हे बुशान, जेजुदो र गजेदो शाखाको सबै मगरहरुको बृहत सहभागिता रहेको थियो भने अन्य जातीय संस्था र अरु समुदायको पनि उल्लेखनीय उपस्थिती रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदुतावास सौलका दृतिय सचिव सुर्य थापाको उपस्थिति रहेको थियो।
त्यस्तैगरी नेपाल जनजाती महासंघका अध्यक्ष बिसन राई, तमु धि कोरियाका अध्यक्ष रुपा गुरुङ, किराँत याक्थुम चुम्लुङ्का अध्यक्ष दिर्जा काङ्बा लिम्बु, थारु कल्याणकारी समाजका अध्यक्ष शिव शंकर महतो थारु, छन्त्याल समाजका अध्यक्ष एडेन छन्त्याल,स्याङ्जा परिवारका अध्यक्ष भक्त थापा, नेपाल कोरिया भलिबल संघका अध्यक्ष चन्द्र राना,नेपाल लोकदोहोरी प्रतिश्ठानका अध्यक्ष खिम छ्न्त्याल लगायत ठूलो उपस्थिति रहेको थियो।
थेगु क्षत्रमा रहेका विभिन्न संघ संस्थाहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुतिका साथै नेपालबाट आमन्त्रित कलाकार गायिका शान्ति श्रीस मगर र मिस मङ्गोल सपना रोका मगरको उपस्थितिले माहोल झनै रोमान्चित भएको दर्शकको हाउभाउले प्रष्ट अनुमान लगाउन सकिन्थ्यो।
नेपाल मगर संघ थेगु शाखाको कुशल व्यवस्थापनमा सप्पन्न सो कार्यक्रममा हजारौ दर्शकको भिड़ले आयोजकलाई व्यवस्थापन गर्न निकै कठिन परेको र हल सानो भएकोले दर्शक उभियर कार्यक्रम अवलोकन गर्न बाध्य भएको थियो।
कार्यक्रमको सभापतित्व शाखाका अध्यक्ष खडक घर्ती मगरले गर्नुभएको थियो भने औपचारिक कार्यक्रम महासचिव दुर्गा टियर पुन मगरले गर्नुभएको थियो।






प्रतिक्रिया