नवलपरासी-नवलपरासी सुनवल निवासी श्रवण शक्ति गुमाएकी कल्पना पुन मगरलाई सहयोग अपील मार्फत संकलित सहयोग रकम रु. ६,०९,६४० (छ लाख नौ हजार छ सय चालिस रुपैया) मगर संसारद्वारा हस्तान्तरण गरेको छ।
आर्थिक अवस्था कमजोर कल्पना पुन मगरलाई सहयोगको लागि मगर संसारद्वारा सहयोगको अपिल गरेको थियो। सोही अपिललाई स्वीकार गरी देस/विदेशबाट सहयोग संकलन भएको थियो।
मगर संसारका एडमिन प्रिया राना मगर र अशिम पुर्जा पुन मगर सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो। बुद्धिजीवि सुनवलका समाजसेवी युवराज पुन मगर, मनबहादुर पुर्जा मगरको उपस्थितिमा रकम हस्तान्तरण गरेको अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनुभयो।







प्रतिक्रिया