अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोदावरी नगरपालिकाको भवन दुई पटक उद्घाटन गर्न लागिएको भन्दै एमालेले विरोध

गोदावरी नगरपालिकाको भवन दुई पटक उद्घाटन गर्न लागिएको भन्दै एमालेले विरोध


काठमाडौँ– कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन उद्घाटनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।  

आज भवनको उद्घाटन हुन थालेपछि राजनीतिक दलहरुबिच विवाद उत्पन्न भएको हो । 

एउटै भवन दुई पटक उद्घाटन गर्न लागिएको भन्दै एमालेले विरोध गरेको छ । 

एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले २०७८ साल चैत १४ गते उद्घाटन गरेको भवनको कांग्रेसबाट निर्वाचित अहिलेका मेयर वीरेन्द्र भट्टले आज उद्घाटन गर्ने कार्यक्रम राख्नुभएको हो । 

एमालेले प्रशासनिक भवनको उद्घाटन गर्न नदिने भन्दै नगरपालिका कार्यालय घेराउ गरेको छ ।