अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिले नै संघीयताको विकल्प खोज्नु हुँदैन: वसन्तकुमार नेम्वाङ

अहिले नै संघीयताको विकल्प खोज्नु हुँदैन: वसन्तकुमार नेम्वाङ


इलाम-नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङले नेम्वाङले अहिले देशमा संघीयताको कुनै विकल्प नभएको बताउनु भएको छ।

इलाममा आयोजित माघे सङ्क्रान्ति सत्यहाङमा मकर सेवा समारोहको प्रमुख अतिथि रहनुभएका नेम्वाङले संघीयतालाई बलियो बनाउन सबै मिलेर लाग्नु पर्ने बताउनुभयो।

नेता नेम्वाङले भन्नुभयो, ‘संघीयताको विकल्प छैन अहिले, अहिले मुलुकमा यसको विकल्प खोज्नु हुँदैन, पाइँदैन, त्यसलाई हामीले ठिक ढङ्गले प्रयोग गर्नुपर्छ, त्यसले ठिक ठाउँमा पुर्‍याउँछ।’

के सत्ता पक्ष, के प्रतिपक्ष आजको राष्ट्रको आवश्यकता देशका सम्पदाको जगेर्ना र विकास रहेको उहाँले बताउनुभयो। ‘सबैजना एक जुट, एक स्वर हुनुपर्छ, सबै जना लाग्नुपर्छ, अनि मात्र हामीले मुलुकको आवश्यकता पूरा गर्न सक्छौँ’, उहाँले भन्नुभयो ।

बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक अनेकता बीचको एकता नै नेपालको मौलिकता रहेको बताउनुभयो। नेम्वाङले यो नेपालको पहिचान भएको बताउँदै यी सबै नेपाली मौलिक पहिचानको देन भएको प्रष्ट पार्नुभयो। नेपाली समाजलाई एक बनाउन किरात धर्मगुरु–गुरुआमाले खेल्नु भएको भूमिका सराहनीय रहेको नेम्वाङले बताउनभयो।

नेम्वाङले सबैलाई संयमता, हार्दिकता, एकता, सद्भावलाई अझ बलियो बनाएर समग्र मुलुकको विकासका निम्ति टेवा पुर्‍याउन पनि आग्रह गर्नुभयो। उहाँले सबैलाई धार्मिक तथा सांस्कृतिक विकास सँगै अन्य क्षेत्रको सर्वाङ्गीण विकासमा सशक्त भएर लाग्न आह्वान गर्नुभयो।

इलाममा सुवास नेम्वाङले देख्नु भएको सपना पूरा गर्न अझ धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो। सडक, पुल लगायतका पूर्वाधार निर्माणका काम सुरु भएका भए पनि ती काम पूरा गर्न बाँकी नै रहेको नेम्वाङले सुनाउनुभयो।
नेपाली बिचको हार्दिकतालाई अझ प्रगाढ बनाउन संवाद र छलफल चलाउनु पर्ने उहाँले बताउनुभयो। संवाद र छलफलबाट मात्रै सबै समस्याको समाधान हुने उहाँले प्रष्ट पार्नुभयो।