अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चको अधिवेशन माघ २७ गते हुँदै

एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चको अधिवेशन माघ २७ गते हुँदै


काठमाडौं-नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चको १४औं अधिवेशन यही माघ २७ गते शनिवार हुने भएको छ।

अधिवेशनको सम्पूर्ण तयारी सकिएको र माघ २७ गते शनिबार बिहान १० बजेबाट मध्ये बानेश्वर, काठमाडौंस्थित कृष्णभोग पार्टी प्यालेसमा सुरु हुने संयोजक नवराज रोकाले जानकारी दिनुभयो।

अधिवेशनमा खोटाङबाट काठमाडौं उपत्यकामा आएर विभिन्न पेसा व्यवसाय गरी बसोबास गर्नुहुने नेता, सामाजसेवी, बुद्धिजीवि, शिक्षाक, कलाकार, वकील, विद्यार्थी, मजदुर, एमालेका सक्रिय कार्यकर्ता तथा एमाले शुभेच्छुक, शुभचिन्तक साथै सम्पर्क मञ्चलाई सल्लाह-सुझाव अनि माया गर्नुहुने सम्पूर्ण महानुभावलाई २०८० माघ २७ गते शनिबारका दिन सहभागी हुनका निम्ति संयोजक नवराज रोकाले आह्वान गर्नुभएको छ।

राजनीतिकदेखि विभिन्न सामाजिक तथा आर्थिक कार्यहरुमा सक्रिय रहँदै आएको सम्पर्क मञ्चले अधिवेशन पश्चात् नयाँ कार्यसमिति चयन गर्नेछ।