अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिलेको सरकार तरकारी बारीको बुख्याचा जस्तो छ: अध्यक्ष ओली

अहिलेको सरकार तरकारी बारीको बुख्याचा जस्तो छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई बुख्याचाको संज्ञा दिनुभएको छ।

बिहीबार एमालेनिकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले अहिलेको सरकार तरकारी बारीको बुख्याचा जस्तो भएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘केही गर्ने होइन त्यसले। अहिले त त्यसका टाउकामा सुगा पनि बस्छ। त्यसका टाउकामा काग पनि बस्छ। सबै बस्छ। किनभने, चिनीसके यो बुख्याचा हो। यो खासै केही होइन। यसले केही गर्न सक्दैन भन्ने चिनीसके। त्यसका टाउकामा बस्छ। त्यस्तो बुख्याचा, निकम्मा सरकार छ।’

अध्यक्ष ओलीले गठबन्धनमा रहेका दलहरूको घाँटी एक ठाउँमा जोडिएको समेत व्यंग गर्नुभयो। उहाँले भन्नुभयो, ‘घाँटी मात्रै होइन, सिंगै शरीर जोडिएको छ। यी भ्रष्टाचारी वंशका हुन्। कमिशनतन्त्रीय वंशका हुन्। यिनको गोत्र निकम्मा गोत्र हो। जात देशद्रोही हो। यी एकै खालका हुन्। त्यसकारण यी एकै ठाउँमा बस्छन्।’