अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात

बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात


बागलुङ- बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ।

‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ सभालाई सम्बोधन गर्न पुगेका उहाँलाई बागलुङको लोकतान्त्रिक चोकमा हातपात भएको हो। कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले हातपात गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले हातपात गरेका हुन् ।

गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिए।