अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपश्चिम विश्वविद्यालयका विविध कार्यक्रम उद्घाटन गर्नका लागि अध्यक्ष ओली सुर्खेत जाँदै

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका विविध कार्यक्रम र पार्टीको प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्न सुर्खेत जाँदै हुनुहुन्छ । त्यसका लागि अध्यक्ष ओली अहिले विबहान पौने ८ बजेको जहाजबाट सुर्खेत जाने तयारी छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहका अनुसार अध्यक्ष ओलीले कर्णाली प्रदेशको सुर्खेत जाँदै हुनुहुन्छ । अध्यक्ष ओलीले मध्यपश्चिम विद्यालय स्कूल अफ मेनेजमेन्ट (मुसुम) को भवन उद्घाटन गर्ने कार्यक्रम छ । यही भवनमा सञ्चालन गर्न लागिएको कर्णाली आदिवासी ज्ञान,सीप तथा प्रविधी सम्बन्धी संस्थाको पनि अध्यक्ष ओलीले आजै शुभारम्भ गर्नुहुने भएको छ । यसैगरी विश्वविद्यालयको डिजिटलाइजेसन एण्ड अटोमेसन सिस्टम कार्यक्रमको पनि अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । सिंहका अनुसार विश्वविद्यालयलाई पेपरलेस बनाउन चार वर्ष देखिको प्रयासकोे प्रष्तुती र उक्त कार्यक्रमको उद्घाटन पनि अध्यक्ष ओलीले गर्नुहुनेछ ।
यसैगरी विश्वविद्यालयका विद्यार्थीसँग केपी ओली कार्यक्रममा विद्यार्थीसँग अध्यक्ष ओलीले एक घण्टा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उपकुलपति सिंहले जानकारी दिनुभयो ।
आजै साँझ अध्यक्ष ओलीले नेकपा एमाले कर्णाली प्रदेश कमिटीको बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।