अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालजयी गीत मार्फत योगेश वैद्य हाम्रो सम्झनामा रहिरनुहुनेछ : केपी शर्मा ओली

कालजयी गीत मार्फत योगेश वैद्य हाम्रो सम्झनामा रहिरनुहुनेछ : केपी शर्मा ओली



काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालजयी गीतका गायक तथा संगितकार योगेश वैद्य सदा सम्झनामा रहिरहने बताउनुभएको छ ।
वैद्यको निधनमा सामाजिक सञ्जालबाट श्रद्धान्जली व्यक्त गर्दै अध्यक्ष ओलीले वैद्यको निधनको वियोगान्त खबरले आफूलाई दुखी तुल्याएको बताउनुभएको छ । वैद्यका ‘सपना भुलाई सारा,आँशु पिएर जाउ ’,‘मेरो आँशुमा नहाँसे,’ ‘नेपाल मेरो उपहार भो’ जस्ता गीत उल्लेख गर्दै अध्यक्ष ओलीले वैद्यप्रति श्रद्धान्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

बरिष्ठ गायक तथा संगितकार वैद्यको गएराती निधन भएको हो ।