अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी र बाबुराम नेतृत्वको नेसपाका नेता-कार्यकर्ताहरु एमालेमा प्रवेश

माओवादी र बाबुराम नेतृत्वको नेसपाका नेता-कार्यकर्ताहरु एमालेमा प्रवेश


काठमाडौं-नकेपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य र नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेशमा प्रवेश गर्नुभएको छ।

शुक्रबार एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वका माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का नेताहरु एमाले प्रवेश गर्नुभएको हो। यसरी प्रवेश गर्नेमा बाबुराम भट्टराई नेतृत्वको नेसपाका केन्द्रीय सदस्य राजेन्द्र पराजुली, प्रदेश कमिटी सदस्य मनोहर ढकाल, बासु भट्ट तथा नेकपा माओवादीका प्रदेश कमिटी सदस्य दिवसबाबु खडका, आफ्नो सिंगो टीमसहित एमालेमा प्रवेश गर्नुभयो।

उहाँहरुलाई एमाले महासचिव शंकर पोखरेल, प्रेम दोङसहितका नेताहरुले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ। सो अवसरमा बोल्दै नेताहरुले मुलुकमा प्रचण्ड र बाबुराम नेतृत्वको पार्टीको औचित्य सकिएको भन्दै एमालेमा आएको बताउनुभयो । माओवादी त्याग्नुभएका नेता खडकाले भन्नुभयो, ‘एमालेबाहेकको कुनै पनि पार्टी मुलुक र जनताको हितमा काम गर्ने पार्टी रहने भन्ने अनुभुतिसहित एमालेमा प्रवेश गरेका छौं,’ उहाँहरुले भन्नुभयो ।

सो अवसरमा उहाँहरुले ‘नेकपा एमाले नै देशको मुख्य पार्टी हो भन्ने निश्कर्षमा पुगेर एमाले प्रवेश गरेका हौं,’ भन्नुभयो । उहाँहरुले आफ्नो ब्यक्तिगत जीवन र नेपाली कम्युनिष्ट आन्दोलनको एउटा बिशेष दिन भएको र आजसम्म आइपुग्दा हासो र आँसुको बीचमा पनि एउटा बिकल्पको संकल्पसहित एमालेमा आएको बताउनु भयो ।