अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश दोबाटोमा उभिएको छ : एमाले सचिब गोकर्ण बिष्ट

देश दोबाटोमा उभिएको छ : एमाले सचिब गोकर्ण बिष्ट



कावासोती – नेकपा एमालेका सचिब गोकर्ण बिष्टले देश दोबाटोमा उभिएको बताउनुभएको छ । नेकपा (एमाले ) नवलपु्रको नवौं जिल्ला बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । समाजवादको आधार तय गरेर देशलाई अगाडि बढाउनुपर्नेमा बर्तमान गठबन्धन सरकार अलमलमा पर्दा देश दोबाटोमा उभिएको उहाँले आरोप लगाउनुभयो ।
सरकारले प्राकृतिक स्रोत साधन माथिको राष्ट्रिय पुहुँच गुमाउँदै गएको छ । २० करोड भारतीय योजनालाई सोझै कार्यान्वयनमा लैजाने र भारतमा बिक्री गर्ने भनिएको बिद्युत सम्झौताका केही प्राबधानले प्राकृतिक श्रोत साधन माथि देशले पुहँच गुमाउने खतरा बढेको छ उहाँले भन्नुभयो–‘ नेपालले आफ्नो हित हुने गरी पञ्चशीलका आधारमा बैदेशिक सम्बन्धहरु अगाडि बढाउन पर्छ’ ।-
हाम्रो निर्वाचन प्रणालीले एकल बहुमतको सरकार बनाउन कठिन छ । एमाले श्रमजीवीको पक्षमा आवाज उठाउने पार्टी हो यहाँ पुँजीवादी पार्टी पनि छन् । त्यसमा कहिले को संग त कहिले को संग सरकार बनाउनुपर्ने अबस्था छ । यस्तो अबस्थामा सरकार आउँछ जनवादी सत्ता आउदैन त्यसैले समाजवादको आधार तयार गर्न एमालेलाई एकल बहुमतको पार्टी बनाउनुपर्छ सचिव बिष्टले भन्नुभयो –‘ सामाजिक सुरक्षा, समाजिक न्याय सहितको आधारमा समाजवादमा पुग्ने लक्ष्य एमालेको हो ’ ।
अनेक बाहनाले बर्गीय द्धन्द्धलाई मेटाउन पुँजीवाद लागेको छ । पुँजीवादको शोषण हिजो भन्दा फरक छ । गरिब मुलुकलाई पुँजीवादले शोषणा गरिरहेको छ हामी त्यसबाट बच्नुपर्छ । आज ज्ञान र सूचनाको आधारमा बर्गको उत्पत्ति फरक बनेको छ । हिजोको ब्याख्याले बर्ग समाज अधुरो हुन्छ , गल्तीलाई सच्चाएर पार्टी अगडि बढ्छ बिष्टले थप्नुभयो–‘ छिमेकी देशहरुको आर्थिक बृद्धिदरलाई हेरेर हामी अगाडि बढ्नु पर्छ’ ।
अनुभव र आकर्षण दुबैलाई ब्यवस्थापन गर्ने गरी नयाँ प्रकारको संरचनामा पार्टी जानुपर्ने आबश्यकता रहेको उहाँले औल्याउनुभयो । संगठनात्मक अराजकतालाई परास्त गर्न योग्यताको आधारमा जिम्मेवारी र जिम्मेवारीको आधारमा मुल्यांकन गरिनुपर्नेमा बिष्टको जोड रहेको छ । बैठकमा एमाले पोलिटब्युरो सदस्य मनकुमारी जिसी केसीले पार्टीको कार्यक्रम र बिचार जनताको बिचमा स्थापित गर्न कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा( एमाले) गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले प्रदेशले गरेका निर्णयहरु कार्यान्वयनमा जोड दिदै बैठकले गरेका निर्णयहरु कार्यन्वयन हुँदा पार्टी चलायनमान हुने धारणा राख्नुभयो । बैठकले चैतको २ र ३ गते जिल्ला अधिबेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले जानकारी दिनुभयो ।