काठमाडौँ–आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज न्युजिल्यान्डसँग खेल्नेछ । जारी विश्वकपमा नेपाली युवा टोलीले पहिलो खेल आज न्युजिल्यान्डविरुद्ध खेल्न लागेको हो ।
दुई देशबीचको खेल नेपाली समयानुसार दिउँसो पौने २ बजे शुरू हुनेछ । समूह ‘डी’ को न्युजिल्यान्डसँगको खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ ।
जनवरी २४ तारिखमा नेपालले पाकिस्तान र तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।
यू–१९ विश्वकपको १५औँ संस्करणमा नेपालसहित १६ वटा टोलीको सहभागिता छ ।
नेपाल टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द।







प्रतिक्रिया