अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरे र विषयगत समितिका सभापतिबीच छलफल जारी

सभामुख घिमिरे र विषयगत समितिका सभापतिबीच छलफल जारी


काठमाडौं-प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विषयगत समितिका सभापतिहरुसँग छलफल गर्नुभएकाे छ।

सभामुख घिमिरेले प्रतिनिधिसभाअन्तर्गत रहेका सबै समितिका सभापतिहरुलाई सभामुखको कार्यकक्षमा बोलाएर छलफल गर्नुभएकाे हाे।

सभामुखले कार्यकक्षमा प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूसँग छलफल गरिरहनु भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, ‘समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा छलफल भइरहेका छन्।’

सरकारले माघको तेस्रो साता संसद अधिवेशन बोलाउने तयारी गरेको छ। सरकाले सङ्घीय संसद्मा विनियोजन विधेयक (वार्षिक बजेट) प्रस्तुत हुनुभन्दा तीन महिनाअगावै बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गरिसक्नुपर्ने व्यवस्थासहित अध्यादेशमार्फत ऐन संशोधन गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेसँगै बजेटका सिद्धान्त तथा प्राथमिकता फागुन १५ गतेभित्रै संसद्मा पेश गर्न बाटो खुलेको हो। अध्यादेशमार्फत बजेटको सीमा (सिलिङ) तोक्ने साविकको समयसीमामा पनि संशोधन गरिएको छ।