काठमाडौं-नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिको १६औं मासिक बैठक २०८० माघ ६ गते काठमाडौंको भृकुटीमडपमा सम्पन्न गरेको थियो।
उदयपुर-काठमाडौं सम्पर्क समितिका अध्यक्ष केशरबहादुर मगर अध्यक्षता तथा नेपाल वैदेशिक रोजगार मगर व्यवसायी समाजका उपाध्यक्ष एवं नेपाल मगर संघ, नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिका सल्लाहकार मेघबहादुर मगर आतिथ्ययतामा सम्पन्न गरेको थियो।
बैठकमा नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिका सल्लाहकार तथा समाजसेवी सुमन जर्घा मगरलाई विशेष अतिथिका रूपमा निम्त्याइएको थियो। यसैगरी अतिथिहरु हेमा मगर, मन्दिरा समाल, विष्णु लायो मगर, महेश मगर, नरेन मगर, विपन मगर, रसित मगर, अमृता मगर, सुम्मिता मगर, देविका मगर, राधिका मगर, पलिस्वा मगर र दिनेश मगर हुनुहुन्थ्यो।

सम्पर्क समितिका सहसचिव खड्गबहादुर मगरले औपचारिक रुपमा १६औं बैठकको प्रारम्भ गर्नुभएको थियो। उहाँले बैठकमा सम्पर्क समितिले विगतमा गरिएका काम एवं कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो। यसैगरी २०८० सालको माघे सकरातीको समीक्षा तथा आगामी दिनमा गरिने गतिविधिको बारेमा छलफलका लागि बैठकमा सहभागी हुनुभएका समितिका पदाधिकारी तथा सदस्यहरुलाई आफूलाई लागेका कुरा प्रष्ट रुपमा राख्नका लागि आग्रह गर्नुभएको थियो।
नेपाल वैदेशिक रोजगार मगर व्यवसायी समाजका उपाध्यक्ष एवं नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिका सल्लाहकार मेघबहादुर मगरले संस्था चलाउनका निम्ति एक्लैले मात्र सम्भव नभएको आ-आफ्नो ठाउँबाट सबैजना लाग्नु र पहल गर्नुपर्ने बताउनु भएको थियो ।
उहाँले भन्नुभयो, ‘एक्लै लड्छु र काम गर्न सम्भव छैन, त्यसैले हामीले नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिलाई आर्थिक, भौतिक साथै सबै पक्षमा बलियो बनाउका निम्ति एक ढिक्का भएर अगाडि बढ्न जरूरी छ। व्यक्तिगत र संस्थागत रुपमा आर्थिक, भौतिक सहयोगका निम्ति तपाईहरुले सोचेको भन्दा बढी सहयोग गर्नेछु । आर्थिक सहयोगका निम्ति मैले भन्नु पर्ने व्यक्तिहरुलाई पनि भन्ने छु ।’

नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिका सल्लाहकार एवं समाजसेवी सुमन जर्घा मगरले सम्पर्क समितिलाई बलियो बनाउन त्यसका लागि बनेका नियम-कानून र निर्देशिका अुनसार कार्यान्वयन गर्न आवश्यत्ता रहेको बताउनु भयो। उहाँले संगठन चलायमान बनाउनका लागि एक आपसमा मनमुटाब गर्नु नहुने सुझाव दिनुभयो। उहाँले सुधारको लागि आफैबाट शुरुवात गर्नका निम्ति सल्लाह दिनुभयो।
उहाँले भन्नुभयो, ‘मगर हकहितको लागि एक भएर अगाडि बढ्नुपर्छ। यो समिति कुनै पनि राजनीति दलसँग आवद्ध हुनुहुँदैन, विशुद्ध रुपमा चलाउनका निम्ति आग्रह गर्दछु। त्यसैले देश/विदेशका मगरहरू एक होऔं। विगतका कुनै सबै खालका कमजोरी छ भने सच्याएर समितिको काम गर्न सुझाव दिन चाहन्छु।

काठमाडौंको टुँडीखेलस्थित माघ १ गते माघे संक्रान्तिको अवसरमा मगर जातिको पहिरन, मौलिक झल्किने सांस्कृतिक पहिचानसहितको नृत्य प्रस्तुति मार्फत् उदयपुर जिल्लाको नाम देश-विदेशमा चिनाइ दिएको हुनाले कलाकार भाइबहिनीहरुलाई सम्मान गरिएको सम्पर्क समितिका अध्यक्ष केशरबहादुर मगरले जानकारी गराउनुभयो। उहाँले माघे संक्रान्तिको लागि आर्थिक सहयोग गर्नुहुने महानुभावहरु र माघे संक्रान्तिलाई सफल बनाउनका निम्ति स्वयंसेवक रुपमा खट्नु हुने साथीहरुलाई पनि सम्मान तथा धन्यवाद दिएको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘नेपाल मगर संघको आयोजनामा मगरहरुको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड माघे सकराती (उभेली-२०८०)लाई सफल बनाउनका निम्ति नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिको तर्फबाट मगर संस्कृती र कलाको जगेर्ना, भाषा, भेषभुषाको संरक्षण, सम्बर्धन गर्ने उद्देश्यले घाम-पानी, जाडो-गर्मी, भोक-प्यास नभनी पुस २९ गते र माघ १ गते आफनो नृत्य प्रदर्शन गर्नुहुने कलाकार भाइबहिनीहरु विष्णु लायो मगर, महेश मगर, नरेन मगर, विपन मगर, रसित मगर, अमृता मगर, सुम्मिता मगर, देविका मगर, राधिका मगर, पलिस्वा मगरलाई समितिको १६औं बैठककको प्रमुख अतिथि मेघबहादुर मगर र विशेष अतिथि सुमन जर्घा मगरज्यू हातबाट खादा लगाइ दिएर सम्मान तथा धन्यवाद दियौं । यसैगरी खाजा, पानी, ब्यानरका निम्ति आर्थिक आर्थिक सहयोग गर्नुहुने महानुभावहरुलाई विशेष धन्यवाद दियौं । त्यस्तै पुस २९ गते र माघ १ गते भोक-प्यास, धुलो, चिसो, बिहान-रात नभनी माघे संक्रान्तिलाई सफल बनाउनका निम्ति स्वयंसेवकको रुपमा खट्नु हुने सम्पर्क समितिका सचिव गणेश मगर, सहकोषध्यक्ष सविन बलम्पाकी मगर, सदस्यहरु गिता मगर र मन्दिरा समाल मगरलाई पनि सम्मान तथा धन्यवाद दियौं ।’

नेपाल मगर संघ, उदयपुर-सम्पर्क समितिको बैठकले दुईजना नयाँ सदस्य नियुक्ति गरिएको समितिका सचिव गणेश मगरले जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, ‘उदयपुर-सम्पर्क समितिको १६औं बैठकले हेमा राना मगर र मन्दिरा समाल मगरलाई नियुक्ति गरिएको छ।’






प्रतिक्रिया