काठमाडौँ–बागमती प्रदेशको लोक सेवा आयोगले एकै पटक ठूलो संख्यामा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
आज एक सूचना जारी गर्दै आयोगले प्रदेश सरकारका मन्त्रालय र स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो ।
आयोगले बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरेको छ।
दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गते रहेको छ ।








प्रतिक्रिया