अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश, उपमहासचिव गुरुङद्वारा स्वागत 

गोरखामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश, उपमहासचिव गुरुङद्वारा स्वागत 


काठमाडौँ–गोरखा जिल्लामा विभिन्न पार्टी परित्याग गरी ती पार्टीका नेता कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । 

आइतबार गोरखाको अजिरकोट गाउँपालिका–४ गोगनपानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । 

उहाँहरूलाई नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले टिका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले देशको विकास र समृद्धिको लागि बलियो शक्ति आवश्यक रहेको बताउनुभयो । बलियो शक्ति बनाउन कम्युनिष्टहरु विभाजित भएर नहुने उहाँले प्रष्ट पार्नुभयो । 

गुरुङले देशका कम्युनिस्ट एक भएर बलियो कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । त्यसो गरियो भने मात्र मिसन २०८४ सफल हुने गुरुङले बताउनुभयो । 

गुरुङले अब विभाजित गन्तव्यमा नपुगिने बताउनुभयो । उहाँले सबैलाई नेकपा एमालेको छातामा एकत्रित हुन पनि आह्वान गर्नुभयो । त्यसो गरियो भने मात्र समाजवादको बाटोमा अघि बढ्न सकिने उहाँले प्रष्ट पार्नुभयो ।