अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियु कर्णाली प्रदेशको अध्यक्षमा राजेश वली निर्वाचित 

अनेरास्ववियु कर्णाली प्रदेशको अध्यक्षमा राजेश वली निर्वाचित 


काठमाडौँ–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कर्णाली प्रदेशको अध्यक्षमा राजेश वली निर्वाचित हुनुभएको छ । 

दैलेखमा सम्पन्न अनेरास्ववियु कर्णाली प्रदेशको प्रथम अधिवेशनले वलीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको हो ।

उपाध्यक्षहरुमा बिबश भारती, मन्सुन दाहाल र संजय योगी निर्वाचित हुनुभएको छ भने सचिवमा धर्म शाही, सहसचिवहरुमा प्रतिभा शाही, प्रकाश मल्ल र रोशन शाही निर्वाचित हुनुभएको छ । 

अधिवेशनले कोषाध्यक्षमा जगत जंग शाहीलाई निर्वाचित गरेको अध्यक्षमा निर्वाचित वलीले जानकारी दिनुभयो ।