अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धि नेपाल सुखी नेपालीको नारा एमालेले ल्याए पनि समग्र नेपालीको साझा नारा हो : उपाध्यक्ष पौडेल

समृद्धि नेपाल सुखी नेपालीको नारा एमालेले ल्याए पनि समग्र नेपालीको साझा नारा हो : उपाध्यक्ष पौडेल


काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समृद्धि नेपाल सुखी नेपालीको नारा एमालेको सरकारले ल्याए पनि समग्र नेपालीको साझा नारा भएको दाबी गर्नुभएको छ । उहाँले समृद्धि नेपाल सुखी नेपालीको नारामा कसैले विमति राख्नुपर्ने विषय नभएको बताउनुभयो । 

पूर्वअर्थमन्त्री समेत रहनुभएका उपाध्यक्ष पौडेलले योजना आयोगको १६ औँ योजना गतिलो आउने अवस्था नदेखिएको बताउन भयो ।

उहाँले १६ औँ योजनाले संविधानले नागरिकलाई प्रदान गरेका अधिकारलाई व्यवहारिक रूपमा उपलब्ध कसरी गराउने भन्ने विषयमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष पौडेलले योजना आयोगले १५ औँ योजनालाई अस्वीकार गर्ने तर अहिलेको अवस्थाअनुसार नयाँ योजना दिन पनि नसक्ने दुबिधामा १६ औँ योजनाको तयारी गरिरहेको बताउनुभयो । उहाँले १५ औँ योजनाले अघि सारेका योजनाहरूलाई निरन्तरता दिँदै थप आवश्यकताहरूलाई पहिचान गरेर आयोगले योजना निर्माण गरिनु पर्ने बताउनुभयो । उहाँले सरकारले १५ औँ योजनाप्रति पूर्वाग्रह राखेर १६ औँ योजना बनाउन नहुने बताउनुभयो । 

उपाध्यक्ष पौडेलले योजना आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने, विगतका अनुभवहरूको जगमा उभिएर योजनाबद्ध प्रयासलाई सार्थक रूपमा गति दिने गरी योजना निर्माण गर्ने अवस्था नदेखिएको बताउनुभयो । उहाँले वर्तमान सरकारको मातहतमा बनेको योजना आयोगले अघिल्लो सरकारले बनाएको १५ औँ योजनालाई उपेक्षा गर्ने गरी योजना निर्माण गरिरहेको आरोप लगाउनुभयो ।