अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेमसंघ गुल्मीको जिल्ला अधिवेशन माघ २६ र २७ मा

अनेमसंघ गुल्मीको जिल्ला अधिवेशन माघ २६ र २७ मा


काठमाडौं-अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी गुल्मीको जिल्ला अधिवेशन माघ २६ र २७ गते हुने भएको छ। 

गुल्मीको तम्घासमा संगठनको ११औँ जिल्ला अधिवेशन गर्न लागेको हो। अनेमसंघ जिल्ला कमिटी सचिवालय र पालिका कमिटी अध्यक्षहरूको संयुक्त भेलाले अधिवेशनको मिति तय गरेको हो। 

भेलाले अधिवेशनका लागि माघ १५ गतेसम्म सदस्यता वितरण गर्ने निर्णय गरेको छ। सोही समयमा अधिवेशन गर्न बाँकी रहेका वडा र पालिकाका अधिवेशन पनि सक्ने निर्णय गरेको छ।

माघ २० गते १२ वटै पालिका र वडामा एकै दिन प्रतिनिधि छनौट गरिने भएको छ। बैठकले अधिवेशन व्यवस्थापनको जिम्मेवारी समेत बाँडफाँट गरेको छ।